परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले–‘नेपाल चीनबीच कुनै सीमा विवाद छैन’

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार साँझ मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरे । 

उनले सीडीओको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे  । २०७३ सालमा पनि यस किसिमको समाचार आएपछि गृह, परराष्ट्र मन्त्रालय र नापी विभागले अध्ययन गरेको र सो टोलीले नेपालको सीमाभन्दा एक किलोमिटर भित्रनै बनाएको प्रतिवेदन दिएको उल्लेख मन्त्री ज्ञवालीले जानकारी दिए

उनले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको र त्यसखालका हल्ला आउँदा आधिकारिक स्रोतका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । 
यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री  ज्ञवालीले जानकारी दिए ।  आज विबीसीजी खोपलगायतका सामग्री आएको र एक साताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *