नेपालामा कोरोना संक्रमितको संख्या २५ हजार नाधे फेरी लकडाउन गर्न तयारी

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसीमा सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाकारी दिए ।
सो बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको गौतमले बताए । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए स्वास्थ्य संरचनाले धान्न गाह्रो हुने भएकोले यस्ते निर्णय भएको बताए । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । यही क्रममा बढ्दै गए यो दिन छिट्टै आउन सक्ने अनुभान गरिएको छ ।
सोही बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी अस्पतालले शुल्क बढी लिएको सम्बन्धमा गुनासो आएकाले अनुगमन गर्ने पनि मन्त्रालयले निर्देशन दिएको छ । जुन निकायले अस्पताल संचालन गर्न अनुमति दिएको छ सोही निकायले मातहतका अस्पतालमा अनुगमन गर्न मन्त्रालयले निर्देशन जारी गरेको गौतमले बताए


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *