कोरोनाले यी भारतीय अभिनेत्रीको लियो ज्यान

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । कोरोनाको कहर जताततै छ । यसको कारण ज्यान जानेहरुको संख्या पनि बढिरहेको छ । भारत अहिलेसम्म कोरोना भएकाहरुको सख्यामा अमेरीका भन्दा ठीक पछि मात्र छ । त्यहाँ पनि कोरोनाले जनजीवनमा धेरै असर परेको छ ।

यसैबिच कोरोना भाइरसबाट भारतकी एक अभिनेत्रीको निधन भएको छ । मराठी र हिन्दी फिल्मकी अभिनेत्री तथा रंगकर्मी आशालता वबगावंकरको मंगलबार कोरोना कै कारण निधन भएको हो ।

सतारा जिल्लामा एक अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय आशालताको निधन भएको भारतीय मिडियाले जनाएका छन् । अघि नयाँ शो आई कालुबाईको सुटिङ गरिरहेकी आशालताको टिममा काम गरिरहेका २२ जना अन्य व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । मिडियाका अनुसार कोरोना भएपछि होम क्वारेन्टाइनमा रहेकी आशालताको स्वास्थ्यमा खराबी आउन थालेपछि अस्पताल भर्ना भएकी थिइन् ।

तर अस्पतालले उनलाई बचाउन सकेन । आशालता चलचित्र भन्दा बढि रंगकर्मीका रुपमा चिनिएकी थिइन् । उनको कलाका पारखी भारत बाहेक अन्य देशमा समेत रहेका छन् । भारतीय सिने उद्योगले यसलाई ठलो क्षति भनेको छ र चलचित्रकर्मीहरुले उनलाई समवेदना दिइरहेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *