चीनले भन्यो : ‘नेपाली भूमिमा भवन बनाएका छैनौं, नेपालले प्रमाणीत गर्न सक्छ’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। हुम्लाको नेपाली भूमीमा ६ वटा भवन बनाएको चीनले सो कुरा अस्वीकार गरेको छ । चीनले नेपालसंग सिमा विवाद नभएको बताउँदै चीनले भवन वनाएको भूमी आफ्नो भएको दावी गरेको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि मिचेर भवन बनाएको छ ।

सिमा भन्दा झण्डै २ किलो मिटर नेपाली भूमीमा चीनले भवन बनाएको भन्दै सार्वजनिक भएका समाचारहरुको चीनले खण्डन गरेको छ । काठमाडौंस्थित चिनिया दूताबासले एक विज्ञप्ती जारी गर्दै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्य–तथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

नेपालसंग सिमा विवाद नभएको बताउँदै चीनले सो भूमी नेपालले आफ्नो भन्ने प्रमाण देखाउन सक्ने बताएको छ ।हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको भन्दै समाचार सार्वजनिक भएका छन् । स्थानिय तहका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी समेतले सो क्षेत्रको अनुगमन समेत गरिसकेका छन् ।

स्थानिय तहका जनप्रतिनिधिले चीनले भवन बनाएको जमिन नेपालको भएको बताएका छन् ।नेपालीले लामो समय देखि उपभोग गर्दै आएको र स्थानिय स्तरमा लगानी गरेर सडक समेत नेपालले निर्माण भएको स्थानमा चीनले भवन बनाएको बताइएको छ । दूतावासले भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन ।

दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन ।

लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो ।टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो ।

ललुङजोङमा चीनले साना–ठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *