उच्च रक्तस्रावका कारण सुत्केरीको मृ,त्यु,कोरोनाको डरले अस्पताल सम्म नि लगिएन।

स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुङ्गा । उच्च रक्तस्रावका कारण यहाँ एक सु त्के रीको मृ,त्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृ,त्यु भएको हो ।

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृ,त्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ । फाइल फोटो


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *