सुर्खेतमा असार १० सम्म निषेधाज्ञा थप, पसल खोल्न समय तोकियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

३१ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमणको स्थिति अझै जटिल छ । संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ, आजको डीसीएमसीको बैठकले असार १० गतेसम्मका निषेधाज्ञा थप्ने निर्णय गरेको छ,’ प्रजिअ रिजालले भने । उनका अनुसार बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ ।यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *