उपत्यकाका सार्वजनिक यातायातमा भाडा मात्रै महँगो, बसभित्र छैन सामाजिक दूर

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

उपत्यकाका सार्वजनिक यातायातमा भाडा मात्रै महँगो, बसभित्र छैन सामाजिक दूरी
काठमाडौं । काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुले पनि उनीहरुले सरकारले तोकेको मापदण्ड भने पूरा गरेका छैनन् । मापदण्ड पूरा नहुँदा सार्वजनिक यातायातमा सवारी गर्नेहरुमा कोरोना संक्रमणको जोखिम बढेको हो ।

उपत्यकामा जोर-बिजोरमा सार्वजनिक सवारी सञ्चालन हुन दिने र एक सिटमा एकजना मात्रै बस्न पाउने नियमको व्यावसायीले पालना गरेको देखिँदैन । सरकारले नै ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो । त्यसका लागि सवारीको सरसफाइ, स्यानिटाइजर राख्नुपर्ने सर्त थिए । तर उपत्यकामा गुड्ने सबै सवारीमा सिटमा दुईजना नै बस्ने गरेको पाइएको छ । सरसफाइ, स्यानिटाइजर पनि राखिएको छैन । तर भाडादर भने ५० प्रतिशत बढाएर लिइएको छ ।

यसको प्रभावकारी अनुगमन हुन नसक्दा कोरोना संक्रमण बढ्दै गएको हो । महानगरीय ट्राफिक महाशाखाका एसपी रामेश्वरप्रसाद यादव भने अनुगमन र कारबाहीमा आफूहरु सक्रिय रहेको दाबी गर्छन् ।

सरकारी मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना मात्र बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम थियो । सिटमा मात्रै होइन यात्रुलाई पहिलेजस्तै उभ्याएर पनि यात्रा गराएको देख्न सकिन्छ ।

कतिपय सरकारी अधिकारी नै उपत्यकामा जोर-बिजोर कायम राखिरहनुको अर्थ नभएको बताउँदै आएका छन् । एक अधिकारीले भने, “जोर-बिजोरमा सवारी चल्दा गाडी कम गुड्छन् । सबै कार्यालय, होटल, बजार, उद्योग खुलिसकेका छन् । सवारी कम र यात्रुको चाप बढी भयो । गाडीवालालाई जति भने पनि उनीहरु यात्रु कोच्नै खोज्छन् । यसले कोरोना जोखिम बढेको छ ।

जोर-बिजोर हटाएमा सवारी बढ्ने र यात्रुको चाप पनि घट्ने भएकाले त्यसतर्फ सरकार गम्भीर बन्नुपर्ने सरोकारवा बताउँछन् । महाशाखाका एसपी यादव भदौसम्म मापदण्ड पालना नगर्ने सवारीलाई दैनिक कारबाही गर्दै आएको दाबी गर्छन् ।

महाशाखाकै प्रहरी अधिकारी भने जोखिमका कारण ट्राफिक प्रहरीले सक्रिय अनुगमन गर्न छाडेको बताउँछन् । एक अधिकारीले भने, “कोरोना व्यापक रुपमा फैलिँदो छ । बसभित्र यात्रु कोचिएका छन् । यस्तोमा बसभित्र छिर्नै डरलाग्छ । किन ज्यान जोखिममा पार्नु ।”


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *