सांसद पद गु’माएकी सरिता गिरी फेरी मधेस आन्दो’लनमा सकृय, मोर्चा गठन गरेर लागिन् अभियानमा

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालको सार्वभौम तथा राष्ट्रियता विपरित अभिब्यक्ति दिएको भन्दै विवादित बनेपछि तत्कालिन समाजवादी पार्टीवाट कारवाहीमा परेकी सरिता गिरी फेरी तराई राजनीतिमा सकृय हुन थालेकी छन् ।उनलाई राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीले नागरिकता सम्बन्धि उनले दिएको अभिब्यक्ति र पार्टी नीति विपरित गरेको कृयाकलापका कारण कारवाही गरेको थियो ।

पार्टी र संसद पदवाट समेत कारवाहीमा परेकी गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।
उनले नेपाल सद्भावना पार्टीलाई फेरी सकृय बनाउन थालेको बुझ्न सकिन्छ । गिरीले असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी छन् ।

गिरीले बुधबार एक विज्ञेप्ती सार्वजनिक गर्दै दुई राजनीतक दल र लगभग ५० जना स्वतन्त्र व्यक्तिबीच मोर्चा गठन भएको जानकारी दिएकी छिन् । गिरीको संयोजकत्वमा गठन भएको सो मोर्चाले मधेस केन्दित राजनीतिलाई सकृय बनाउने आँकलन गरिएको छ ।

उनको संयोजकत्वमा गठन भएको मोर्चामा राजेन्द्र सिंह अध्यक्ष तथा श्री रामकुमार महतो कार्यवाहक अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र श्री गोवद्र्धन दास अध्यक्ष रहेको दलित मुस्लिम जनशक्ति पार्टी, रीतेश सिंह अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी समेतलाई सदस्य का रुपमा राखिएको जानकारी दिएकी छिन् । मोर्चाले अब मुलुकमा मधेर र पहाड मात्र दुई प्रदेश निर्माणको अभियानलाई केन्द्रित गर्ने बताएकी छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *