एकैदिन १७ सय रूपैयाँले घ’ट्यो सुनको मू’ल्य, कतिमा हुँदैछ कारोबार?

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार कायम रहेको मूल्यबाट प्रतिताेला १७ सय रुपैयाँका दरले घटेको हो । सोमबार ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले रहेको छापावाल सुनको मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ प्रतितोलामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कोरोबार भइरहेको संघले जानकारी दिएको छ । यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँका दरले रहेको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेकाे छ । महासंघका अनुसार सोमबार प्रतितोला १३ सय २० रुपैयाँका दरले रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँका दरले कारोबार भइरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *