धु’मधाम बिहे गरेर ल्या’एकी श्रीमती २५ लाख लिएर प्रे’मीसँग फ’रार भएपछि लेखिन यस्तो चिठी”

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दमक । दुई महिना अघि विवाह गरेकी श्रीमतीले २५ लाख रुपैया लिएर वेपत्ता भएपछि श्रीमान र उनक परिवार बेहुलीको खोजीमा लागेका छन् । झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवती विवाह भएको दुई महिनामै २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएकी हुन् । गत असार १५ गते विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएको बेहुलाको परिवारको आरोप छ ।

घरमा कोही नभएको समयमा असोज ३ गते विपत्ता भएको परिवारका सदस्यको आरोप छ । घरमा सासु निदाएको बेलामा युवतीले धनमाल लिएर बेपत्ता भएकी हुन् । उनी दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराएकी थिइन् । युवतीले १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिएर वेपत्ता भएको परिवारले जनाएको छ ।

उनले घरमा एउटा पत्र समेत छोडेर गएको श्रीमान् न्यौपानेले बताएका छन् । पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि उनीहरुले खोजी सुरु गरेका थिए । त्यतीबेला उनीहरुले पत्र फेला पारेका हुन् । श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आ’उँछु भन्दै अन्तिम म्यासेज गरेको उनको भनाई छ ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ । भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्ने बताइएको छ । पृतमले पनि आफु र तारालाई खोजी नगर्नु भन्दै धम्कीपूर्ण म्यासेज पठाएको बताइएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *