बिहीबारदेखि बे,पत्ता भएका रुपन्देहीका स्वास्थ्यकर्मी अहेब मृ त भेटिए

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल ।बिहीबारदेखि बे पत्ता भएका रुपन्देहीका एकजना स्वास्थ्यकर्मी मृ त फेला परेका छन् । मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब ४४ वर्षीय बिष्णुप्रसाद नेपाल मृ त फेला परेका हुन् ।शुद्धोधन गाउँपालिका–४ निवासी उनी असोज १ गते राति बुटवलबाट हराएका थिए । तीन दिनसम्म खोजतलासपछि सोमबार तिलोत्तमा ११ बिहुली छत्तिस कुलोको नहरमा उनको श व फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

असोज १ गते राति १२ बजेतिर बुटवल–९ स्थित होटल पार्क प्लाजाबाट उनी लु २० प ४०६७ नं को मोटरसाइकलबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी सवार मोटरसाइकल बुटवल–६ स्थित छत्तीस कुलो नहर छेउमा फेला परेको थियो । नहरमा खसेको आशंकामा प्रहरीले नहरको पानी बन्द गराएर खोजतलास गरेको डीएसपी खत्रीले बताए ।मृ,तक अहेबको एक श्रीमती र एक छोरा छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *