१२ दिन भेन्टिलेटरमा रही कोरोना जितेका तामाङ भन्छन् ‘आत्मबलले बाँचे’

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर १७ सय कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए । जसमा १३ सय ७१ जना आइसियु र ३७० जना भेन्टिलेटरमा छन् । यो समाचार प्रकाशित हुँदासँम्म यो तथ्यांकमा थपघट भएको हुनसक्छ ।
जटिल प्रकृतिका संक्रमितलाई आइसियु र भेन्टिलेटरमा राखिन्छ र भेन्टिलेटरमा पुगिसकेकामध्ये निकै कम व्यक्ति मात्रै बाँचेको अनुभव चिकित्सकहरुसँग छ ।

भेन्टिरलेटरमा रहेका कतिपय व्यक्तिहरुले पनि कोरोनालाई जित्नसक्छन् र उनीहरुले नयाँ जिन्दगी पाउनसक्छन् । त्रिसुली अस्पतालको आइसियुमा रही भेन्टिलेटरको सहयोगमा मृत्युविरुद्ध संघर्ष गर्नुभएका नुवाकोट बेलकोट गढीका ३८ वर्षका कार्की बहादुर तामाङले कोरोनालाई परास्त पार्नुभएको छ ।

अहिले उहाँ एचडीयू यूनिटमा उपचाररत रहेको अस्पतालका निर्देशक डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । कोरोनाले मार्ने मात्रै होइन कोरोनालाई मार्न पनि सकिन्छ भन्ने शन्देश आफुले अन्य संक्रमितलाई दिनचाहेको तामाङले बताउनुभएको छ । आत्मबल बढाए कोरोनालाई जित्न सक्ने अनुभव उहाँले चिकित्सकहरु मार्फत सुनाउनुभएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *