सहकर्मी गुमाउनु पर्दा पीडा सहन सकेनन् अपिलले, रुँदै भने, मलाई १२ वर्ष अघि पहिलो पटक टेलिभिजनमा देखाउने उनै थिए (भिडियो हेर्नुस्)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । जसले १२ वर्ष अघि अपिल त्रिपाठीलाई टेलिभिजनको पर्दामा देखाएका थिए उनैलाई अपिलले गुमाएका छन् । गण्डकी टेलिभिजनका निर्देशक, गण्डकी छड्के कार्यक्रमका संचालक समेत रहेका गणेश पौडेलको निधन भएको हो । अपिलले आफुलाई टेलिभिजन प्रस्तोताको रुपमा पहिलो पटक टेलिभिजन स्कृनमा देखाउन ब्यक्तिलाई गुमाउनु पर्दा उनी निकै भावुक भएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै केही दिन कार्यक्रम संचालन गर्न नसक्ने पनि बताएका छन् ।

उनले टेलिभिजनको सबै ब्यवस्थापन समेत हेर्ने गणेशको निधनले टेलिभिजन पुरै प्रभावित भएको र कार्यक्रम बन्द भएको उनले बताएका छन् । उनले फेसवुक र समाचार हेर्नै नसकेको भन्दै आँशु झारेका थिए । फेसवुकमा श्रद्धाञ्जली, समाचारमा एम्बुलेन्स र अक्सिजन नपाएर ज्यान गुमाएकाहरुको वारेमा मात्र देख्नुपर्दा निकै दुख लागेको बताएका छन् ।

हामीले हाम्रा सहकर्मी गुमाएका छौं, हामी निकै दुखी छौं जनताले अक्सिजन र एम्बुलेन्स नपाएर ज्यान गुमाउँदा सरकार निदाएर बसेको छ । हाम्रो जिम्मेवारी सरकारलाई झकझक्याउने हो । तर अहिले हामी नै अप्ठेरो परिस्थितीमा छौं । भयावह स्थितीमा छौं । सबै सचेत र सतर्क रहनुहोला । अपिलले आफ्ना सहकर्मी गुमाउनु परेको दुख ब्यक्त गर्दै भने ।

संचारकर्मी गणेश केही दिन देखि संक्रमित थिए । उनको उपचार जारी रहेकै बेला तीन दिन अघि निधन भएको हो । उनको निधनले आफुहरुलाई सहन गर्न निकै कठिन रहेको भन्दै उनले टेलिभिजनको सबै कार्यक्रम प्रभावित भएको बताएका छन्, हामीलाई सम्हालिन अझै केही दिन लाग्ला, अपिलले भने ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *