नेपालीको जीवन बचाउन चीनले रातारात पठायो यतिधेरै अक्सि’जन सि’लिन्डर, नेपाललाई लगायो चीनले ठु:लो गुण !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चीनले नेपाललाई अनुदानमा दिएको अक्सि’जन सिलिण्डर लगायतका स्वा’स्थ्य सामग्री बोकेका गाडी’हरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् । महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताए ।

तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताए । गौतमले अनलाइनखबरसँग भने, ‘उताबाट सामान आउने जानकारीमा आएको छ, हामी त्यसैको प्रतीक्षामा छौं । यहाँ आउनासाथ ती सामान हामी फास्ट ट्र्याकमा पठाउँछौं ।’ कुन–कुन सामान कति–कति प’रिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको उनले बताए ।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ‘स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो प’ठाउने प्रक्रिया अघि बढ्छ,’ भन्सार अधिकृत गौतमले भने ।को’रोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सि’जन सि’लिण्डर, भेन्टिलेटर लगायतका स्वा’स्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सि’जन सि’लिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ ।

एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यव’स्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चिनियाँ अनुदानको १८ हजार थान अक्सिजनसि’लिण्डर स्थलमार्ग हुँदै आउन लागेको जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *