आजदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो ।

कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बरसम्म चलाउन सक्नेछन् । सो पश्चात प्रयोग पूर्ण रुपमा निषेध गर्ने अमेरिकाको तयारी छ ।

चिनियाँ एप्समार्फत राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको तथा तथ्यांक चोरी भएको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउदै आएका छन् ।टिकटकले भने आरोपको खण्डन गर्दै अमेरिकी जनताको जिवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु निराश भएको जनाएको छ ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *