त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले ३ वर्षसम्म एउटै कक्षामा बस्नु पर्दा विद्यार्थी मानसिक तनावमा

शिक्षा
सेयर गर्नुहोस्
  •  

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ ।

आइतबारसम्मको विवरणमा सङ्क्रमणबाट मृतकको सङ्ख्या चार हजार ८५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० छ । महामारी नियन्त्रण र रोकथामका लागि मुलुुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरुमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

CM Bhatt
शिक्षा क्षेत्रका विकृति विसंगतिमाथी पटकपटक प्रहार गर्दै आइरहेका विद्यार्थी CM Bhatt भन्नुहुन्छ ” देशकै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयले केवल ३ घण्टाको परिक्षाको लागि ३ वर्षसम्म एउटै कक्षामा राख्नु विद्यार्थीको भविष्यमाथी ठूलो धोका हो। परिक्षा मुल्यांकन गर्ने एक तरिका मात्र हो,मुल्यांकन गर्ने तरिका अरु पनि हुन सक्छन् । कोभिड-१९ शिक्षा क्षेत्रको लागि समस्या मात्र नभई चलनचल्तीमा आएको यो परिक्षामुखी र घोकन्ते शिक्षा प्रणालीलाई बदल्ने सहि अवसर पनि हो तर यो प्रती जिम्मेवार निकाय ,संघसंस्था तथा विद्यार्थी संगठनहरुको कुनै चासो नहुनु बडो दु:खद कुरा हो । विद्यार्थीको भविष्यमाथी प्रश्न उठ्नु भनेको सारा देशको भविष्यमाथी प्रश्न उठ्नु हो । यो परिस्थितिमा धेरैजसो विद्यार्थीहरु डिप्रेसनको सिकार भैरहेका छन तसर्थ संबंधित सबै पक्षहरुको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । “

Khem
सिद्धनाथ बिज्ञान क्याम्पस महेन्द्रनगरमा B.Sc. चौथो वर्षमा अध्ययनरत खेमराज फुलारा भन्नुहुन्छ ” लामो समयदेखि भोगी आएको लकडाउनमा त्रिभुवन विश्वविद्यालयले बहुबिकल्प सहित रोकिएका परिक्षाहरुलाइ संचालन गर्न नसक्नाले विद्यार्थीले एउटै कक्षामा ३ वर्ष वस्नुपर्दा मानसिक तनाव झेल्नुपरेको छ। यस्ले गर्दा हामी लाखौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ। कुनै न कुनै बैकल्पिक तरिकाबाट अब जसरी पनि विश्वविद्यालयले अगाडी बढ्नुपर्ने देखिन्छ। संबंधित सबैको ध्यानाकर्षण हुनु जरुरी छ।”

B.sc प्रथम वर्षमा अध्ययनरत जयन्त राज भट्ट भन्नुहुन्छ ” 2076 देखि अहिलेसम्म प्रथम वर्षमै छौं बिश्वबिद्यालयको यो गैर जिम्मेवार पन ले गर्दा हामी अन्यौल मा परेका छौं ,उमेर हदकै कारण पनि धेरै सेवाबाट वन्चित हुने भएका छौं..

B.Sc.प्रथम वर्षमै अध्ययनरत नरेश भट्ट भन्नू हुन्छ”किन मौन छ TU बिद्यार्थीको जीवन सङ खेलवाड नगरियोस् , समयमै उचित निर्णय लिनु ठिक होला2076,2077,2078 एउटै कक्षामा अध्यन गरियो तर अझै पनि परिक्षा हुने नहुने भन्ने थाहा छैन । हामी संगै बाहिर पढ्न गयेको साथीहरू 3rd year पुगिसके हामी 1st year मै 18 महिना भैसक्यो 9 महिना मा सकिने 1 st year म भित्र को विद्यार्थी पन पढ्ने जोशजागर हराइसक्यो ; हाम्रो भबिस्यको जिम्वा कस्ले लिने ! किन tu ले विकल्प खोज्दैन अब मौन बसेर काम छैन 1 st year नै 3 बर्ष बसियो। जीवन मा नयाँ उर्जा को किरण ल्याउने भनेर join भाको आफै अन्योलमा छ युनिभर्सिटी नै आखिर कहिले सम्म बस्ने exam को आशमा, छिटो निर्णय गरोस् अन्तिम भानाइ येहि हो। स्थगित भएका परीक्षा हरु पछि अवस्था समान्य भएपछि अनुकूल वातावरणमा गराईनु पर्छ र तत्काल नै अर्को year/ सेमेस्टर का class हरु online बाट सञ्चालन हुनुपर्छ।। १ बर्ष त loss भइसक्यो अझै कति loss गर्नु….

ठाकुर राम मल्टिपल क्याम्पस ,बिरगंजमा BBAअध्ययनरत विद्यार्थी अमन वर्नवाल भन्नुहुन्छ ” हाम्रो कुरा कोहि सुन्दैन पटकपटक डिन कार्यलयमा सोधपुछ गर्दा पनि कुनै जवाफ आउदैन, विद्यार्थी संगठनहरु पनि मौन छन।”

भनिन्छ,शिक्षा देशको धरातल हो।जब धरातल नै कमजोर भयो भने,त्यहाँ माथी बनेका संरचनाहरू कदापि बलियो हुदैनन्। हामीलाई अबगत नै छ,गत बर्ष देखी हाल सम्म पनी विश्वव्यापि माहामारीको रूपमा फैलीरहेको Covid-19 चपेटामा परि शिक्षा क्षेत्र नराम्रो संग प्रभाबित भएको छ।तर देशकै सबैभन्दा ठुलो र प्रतिष्ठित त्रिभुबन विश्वविद्याल भएर पनी अनिर्णीत भैदिदा लाखौँ विद्यार्थीहरूको भविश्य अन्यौलमा परेको छ।,कयौँ विद्यार्थीहरू डिप्रसनमा पुगेका छन।यस्तो बिषम परिस्थीतीमा विश्वविद्यालय झन विद्यार्थीहरूको सहयात्री हुनु पर्ने थियो,तर विश्वविद्यालय मौन किन भैरहेको छ?यो सम्पूर्ण विद्यार्थीहरूको चासोको कुरा हो । तिन बर्ष सम्म मुल्याङ्कन नभई एउटै क्लास मा रहनु । यो कहाँको न्याय हो?,हो मान्छौ समस्या छ, तर समस्याको बैकल्पीक समाधान खोजीनु पर्दैन? त्रिबीले चाँडो भन्दा चाँडो बैकल्पीक बिधीबाट मुल्याङ्कन र क्लास सन्चालन गरि विद्यार्थीहरूको शैक्षीक गतिबीधी सुचारू गरी सहज बाताबरणको निर्माण गर्नकालागी सम्पूर्ण विद्यार्थी संघ-संघठन,सम्बन्धित क्याम्पस तथा विश्वविद्यालय र सम्पूर्ण सरोकार पक्षहरूले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भुमीका खेल्नु अनिबार्य छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *