लक्डाउन पछी एसइई परिक्षा हुन्छ कि हुदैन? एसइई परिक्षा बारे शिक्षा मन्त्रीले के भने?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।

मन्त्री श्रेष्ठले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए ।
मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मा लगायतले स्वागत गरेका थिए।

कोरोनाको निहुँमा निजि शिक्षकले पाएनन् तलब
संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम गरे पनि विद्यालयहरूले यस पटक पनि फागुनदेखि नै तलब नदिएको सरकारसँग गुनासो गरेका हुन् ।

निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति (इस्टु) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई इमेल गरी आफ्ना माग बुझाएको छ । इष्टु अध्यक्ष होमकुमार थापाले इमेल गरी सरकारले यस पटक जेठ १५ गते प्रस्तुत गरिने बजेटमै लकडाउन अवधिभरको शिक्षकको सम्पूर्ण तलबभत्ता राहतस्वरुप सरकारले नै व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् ।सरकारले यस पटक वैशाख पहिलो सातादेखि कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरेपछि सम्पूर्ण विद्यालय बन्द भए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *