राष्ट्रवादी भनेर चर्चामा आएकी एमाले संसद गंगा चौधरीको घरमा भेटियो लुकाएर राखेको अक्सिजन सिलिण्डर (भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ जेठ । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ ।जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ ।एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याएको रहेछ,’ अलि झर्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?’भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नुस् र यसलाई जफत गर्नुस् ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *