एसईईको परीक्षा कहिले हुन्छ, यसो भन्छन् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको विधिबारेमा छिटै निर्णय हुने बताएका छन् । मन्त्रालयको दोस्रोपटकको कार्यभार सम्हाल्नुभएका मन्त्री श्रेष्ठले शुक्रबार पदवहाली गर्ने क्रममा सो कुरा बताएका हुन् ।यतिबेला विशेष गरी एसईई र कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा तिनका अभिभावक र शिक्षकको चासो एवं चिन्ता नै परीक्षाप्रति रहेको छ ।

परीक्षा हुन्छ वा हुन्न भन्न सकिने अवस्था देखिएको छैन । केही दिनअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा यी दुई परीक्षाको विधिका बारेमा अध्ययन गर्न कार्यदल गठन भएको थियो । सो कार्यदलको समयावधि १५ दिन तोकिएको छ।

मन्त्री श्रेष्ठले कार्यदलले प्रतिवेदन पेस गर्नासाथ आफूहरूले सोही आधारमा निर्णय गर्ने जानकारी दिँदै परीक्षाको ‘मोडेल’ परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *