आमाको कोरोनाका कारण मृ,त्यु भएपछि छोराले पनि भिरबाट हाम फालेर प्रा,ण त्या,गे !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दीपेन्द्र सुनार प्युठान जेठ १ : आफ्नी आमाको गत बैशाख २४ गते कोरोना भाइरसका कारण मृ,त्यु भए सङै डिप्रेसनमा परि भिरबाट हाम फाली गम्भीर घाइते भएका युवा को मृ,त्यु भएको छ।

जिल्लाको मालारानी गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको को,रो,ना भाइरसको सिकार बन्दै ज्या,न गुमाएको बियोगमा गत बैशाख २४ गते शुक्रबार राती भिरबाट हाम फाली गम्भीर भएका उनको उपचार गराइएको एक साता पछि चितवनको पुरानो अस्पतालमा शुक्रबार बेलुका ४ बजे मृ,त्यु भएको परिवारले जनाएको छ।

गत बैशाख २४ गते उनकी आमाको कोरोना भाइरसका कारण अर्घाखाँची जिल्ला अस्पतालमा ज्यान गए सङै आफुले चलाउदै आएको एम्बुलेन्स सदरमुकाम सन्धिखर्कमै छाडी अर्धपागल जस्तै भै रातको समय पैदलयात्रा आएका उनी राती १० बजे मालारानी कै बागी खोलामा रहेको झोलुङ्गे पुलको नजिक को भिरबाट हाम फाली ग’म्भीर अबस्थामा उनलाइ प्रहरीले उद्घार गरि जिल्ला हस्पिटल लगेका थिए।

तर उनको अबस्था ग,म्भी,र भएको कारण जिल्ला हस्पिटल अर्घाखाँचीले बुटवल रिफर गरेको थियो। थापाको टाउकाको नसामा रगत जम्नुका साथै हात र ढाड भाचिएको र घाटिमा पनि समस्या आएको हुदा बुटवल बाट पनि उनलाई चितवन पठाइएको थियो। आमाले ज्या,न गुमाएको एक हप्ता पछि अर्को परिवार को सदस्यले पनि ज्या,न गुमाउदा परिवार नै शोकाकुल परेको छ।

बिगत केही बर्ष देखि मालारानीको लोहोरी मा होटल ब्याबसायी गर्दै आएका उनी गत केही महिना देखि मालारानी गाउपालिका वार्ड न ६ ले सन्चालनमा ल्याएको एम्बुलेन्स चालक पनि थिए। मृ,त,क थापाका श्रीमती एक छोरी र एक छोरा रहेका छ्न। फोटो फाईल


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *