कोरोना ह्वातै बढेपछि लकडाउन‍मा थप कडाई गर्दै सेना परिचालन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना संक्रमितको संख्या अत्याधिक थपिन थालेपछि सुनसरी स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरे पनि प्रहरीको संख्या कम हुँदा सर्वसाधारणले नटेरेपछि शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ।

लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गगरिएको बताइएको छ ।
सर्वसाधारण नै अटेर गरि बिना काम बाहिर निस्कने प्रहरीलाई पनि अटेर गरि विवाद गर्न थालेपछि प्रशासनले सेना परिचालन गरेको हो ।

कोरोनाको जोखिम उच्च हुँदा पनि स्थानीय सर्वसाधारणहरु घर बाहिर निस्कने र बिनाकाम सवारीसाधनहरु चालाउन नछोडेपछि सेना परिचालन गर्नु परेको प्रशासनले बताएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *