भखरै बिहे भएका यी नब जोडीमा कोरोनाको कहरले उजाडीयो बसाएको संसार , बिहे रोक्किने डरले लुकाएका थिए यस्ता लक्षण

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना महामारीमा केही मान्छेहरु अत्यन्तै गैर जिम्मेवार भइरहेका छन् । ख्याल गर्नुहोला, महामारीको समयमा हुने सानो गल्तीले जीवनभर पछुताउनुपर्ने हुनसक्छ । कतिले त यो संसार नै छोडेर जानु परेको छ । यस्तै एक दर्दनाक घटना भारतबाट आएको छ ।

सुखी जीवनको हजारौं सपनाहरू आँखामा, भर्खरै विवाह भएकी महिलाको ससुरालमा पुग्दाको खुशी केही दिनका लागि मात्रै सिमित भएको छ । विवाह भएको आठ दिनमा उनको सपना चकनाचुर भयो ।

उनका श्रीमान्लाई कोरोना महामारीले बिहिबार लग्यो । जब पतिको मृत्युको समाचार घरमा पुग्यो, पत्नी प्रियंका अचेत भइन् । जो कोही अगाडि उभिरहेका थिए, उनीहरुसँग आफ्नो लोग्नेकहाँ लैजाउ भन्दै रुन कराउन थालिन् ।

दुलहीको यो अवस्था देखेर, परिवारका सदस्यहरू आँसु थाम्न असक्षम भए । यो हृदयविदारक घटना हजारीबागको मुफस्सिल प्रहरी चौकी क्षेत्र स्थित हत्तपा गाउँको हो ।

भनिन्छ, गाउँका कृष्ण महतोको छोरा अनिल महतोले २८ अप्रिलमा जिल्लाको ततीझरिया ब्लाकको झारपोमा कौलेश्वर महतोकी छोरी प्रियंकासँग विवाह गरेका थिए । विवाह पछि, दुलही प्रियंका ठूलो सपनासंगै ससुराली पुगिन् ।

तर, उनलाई के थाहा थियो र उनलाई श्रीमानलाई मृत्युले पछ्याइरहेको छ । दुलहालाई कोभिड–१९ को लक्षण बिहे गर्नु अघि नै थियो । तर उनी र परिवारले त्यसलाई गम्भीर रूपमा लिएनन् ।

स्थानीय मानिसहरूले भने कि विवाह पछि अनिलको स्वास्थ्य बिग्रन थाल्यो । उनी कोरोना संक्रमित भएको भन्ने कुरा परिवारले पनि अनुमान गर्न सकेन् । उनले सोचे कि अनिलको स्वास्थ्य केही अन्य कारणले खराब भइरहेको छ ।

यस्तो अवस्थामा, उचित उपचार समयमै सुरु भएन् । अनिलको अवस्था तिव्र गतिमा बिग्रद्रै गयो । जब उनको स्वास्थ्यमा सुधार आएन, पछि परिवारले उनलाई अस्पताल लग्यो ।

अवस्था चिन्ताजनक भैसकेपछि उनको उपचार सुरु भयो । डाक्टरहरूको सबै प्रयासको बाबजुद अनिललाई बचाउन सकिएन् । अनिलको मृत्युले प्रियंकासहित सिंगो परिवार शोकमा डुबेको छ । जो कसैले पनि यो खबर सुने उनीहरु भगवानको यस्तो दुख बुझ्न सकिरहेका छैनन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *