मान्छे सिम्पल गालामा डिम्पल, चर्चित गायक तथा भ्वाइसका कोच राजु लामा, हेरौ २० तस्बिर…

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक राजु लामा ४३ वर्षका भए । उनी सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट हुन् । उनको बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् । उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् । उनले २५ वर्षभन्दा लामो समयदेखि गायनमा सक्रिय छन् l.उनी त्यो जमानाका गायक हुन्, जुन समय अडियो क्यासेटको जमाना थियो । जुन समय सांगीतिक व्यान्डको जमाना थियो । एक जमाना यस्तो पनी आयो, जुन समयमा मंगोलियन हार्ट र राजु लामा दुबै निकै चर्चित थिए ।

अहिले उनै राजु लामा हिमालयन टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’मा जज छन् । उनको स्वर, बोल्ने शैलीका धेरै फ्यान छन् । उमेरले ४० कटेपनी फिट एण्ड फाईन देखिने राजुलाई अमेरिकाबाट फर्किएपछी पनि दर्शक, श्रोतको उस्तै माया मिलिरहेको छ । यो सबै उनले गायका गीतको प्रभाव हो ।

उनी फिटनेसमा खुबै ध्यान दिन्छन् । यो फिटनेसको रहस्य हो, हाइकिङ । उनी अत्यधिक हाइकिङ गर्छन । नेपाल रहदा होस् या अमेरिकामा हुँदा उनी हिँडिरहेका हुन्छन् । काठमाडौंबाट नजिकका शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत ठाउँमा हाइकिङ गइरहन्छन् । साथी भेटेमा साथीसँगै र कहिलेकाहीँ एक्लै पनि हिँड्छन । हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छन ।

यससँगै राजुको आफ्नो छुट्टै पारिवारिक संसारमा पनि रमाइरहेका छन् । अमेरिकामा उनकी जीवनसाथी र सानी छोरी छिन् । राजु कहिले काठमाडौं त कहिले अमेरिकामा ओहोर–दोहोर गरिरहन्छन् । मूड चल्दा घुम्न निस्कन्छन् । घुम्नु उनको सोख हो ।

सन् १९७८ मार्च १६ मा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका राजु साधारण परिवारका सन्तान हुन । उनको बुबाआमाका धेरै सन्तान छन् । ठूलो परिवार भएकोले सोचेजस्तो जिवनयापन हुने कुरै हुदैनथ्यो । यत्तिकैमा उनको दिदिको बिबाह भयो । दिदीको बसाई काठमाडौंको बौद्ध थियो । दिदिले नै राजुलाई सिन्धुपाल्चोकबाट काठमाडौं ल्याईन ।

त्यसबेला उनी पाँच वर्षका बालक थिए । सिन्धुपाल्चोकको एकलासे लेकमा जन्मे, हुर्केका । सिन्धुपाल्चोकस्थित सुनचौर उनको पुर्ख्यौली थलो । परिवारमा ९ जना लालाबाला । सात दिदीबहिनी । एक भाइ । जेठो छोरा राजु । निम्न मध्यमवर्गीय परिवार । दुःखजिलो गरेर छाक टार्न पुग्ने । सबैजना खेतीकिसानी गर्ने ।

गाउँमा मोटर बाटो पुगेको थिएन । गाडी चढ्न घन्टौं हिंड्नुपर्‍थ्यो । काठमाडौंसम्म आइपुग्न दुई दिन लाग्थ्यो, त्यसबेला । घरपायक विद्यालय थिएन । लेकका बालबालिकालाई पढ्न र लेख्नै मुश्किल ।

उनकी दिदीको विवाह काठमाडौंको बौद्धमा भयो । बुवाले राजुलाई दिदीसँगै राखेर पढाउने चाहना राखे । काठमाडौं जाने कुराले राजु फुरुंग भए । रंगीचंगी शहर, मोटर गाडी देख्ने उत्सुकताले उनलाई कताकता काउकुती लगाउँछ । उनी यसै मख्ख पर्छन् । अन्ततः बुवाको काँधमा चढेर उनी घर छाड्छन् । आमा छाड्छन् ।त्यसबखत काठमाडौं जाने भनेपछि गाउँ–छिमेकका मान्छेहरू हूल बाँधेर हिंड्नुपर्ने । एक्लै–दुक्लै नहिंड्ने । गाउँभरका १०–१५ जना काठमाडौंतर्फ लाग्छन् । बुवाको काँधमा चढेर राजु पनि सो टोलीमा सम्मिलित भए । त्यो सानो लस्कर लेकको साँघुरो बाटो, उकाली, ओराली, खोल्सा हुँदै, ठाउँ–ठाउँमा थकाइ मार्दै, खाजा–पानी खाँदै अगाडि बढ्छ ।

झमक्क साँझ परेपछि एक ठाउँमा रात कटाउने सुरसार हुन्छ । तब पो सम्झन्छन् राजु आफ्नो गाउँ । आफ्नो घर । आफ्नी आमा । ‘आमा के गर्दै होलिन्’ सम्झेर राजुलाई रुन मन लाग्छ । रात पर्छ । खानपान गरेर सबै सुत्छन् । भोलिपल्ट धर्तीमा उज्यालो खस्न नपाउँदै फेरि यात्रा शुरु हुन्छ । उसैगरी ।
अर्को दिनको हिंडाइपछि बल्ल घाटखोला भेटिन्छ, जहाँबाट गाडी चढ्न पाइन्थ्यो । सबैजना गाडी चढ्छन् । पहिलोपटक गाडीमा बस्दा, अझ झ्यालतर्फ बस्दा राजु दंग पर्छन् । झ्यालबाट देखिने दृश्यहरूमा एकोहोरिन्छन् । बाहिर देखिएका रूखहरू विस्तारै पछाडितर्फ दौडिन थाल्छन्, खोला, बाटो क्रमशः पछाडि छाडिन्छ ।अनि देखापर्छ समतल शहर । खचाखच घरहरू, मान्छे नै मान्छे, यत्रतत्र गाडीहरू । हो–हल्ला, भीडभाड । ‘पहिलो पटक काठमाडौं देख्दाको धमिलो स्मृति बाँकी छ,’ राजु सम्झन्छन्, ‘त्यो पुरानो बसपार्क, अनि बौद्ध । त्यो बेला सबै कुरा मेरो लागि अनौठो थियो ।’
राजुलाई बौद्धस्थित दिदीको घरमा छाडेर बुवा गाउँ फर्कन्छन् । शहरको रमझममा हेलमेल हुन राजुलाई सहज थिएन । गाउँमा उनले बोल्ने भाषा यहाँ धेरैले बुझ्दैनथे । अरूको कुरा उनले सजिलै नबुझ्ने । ‘मलाई त्यसबेला तामाङ भाषा मात्र बोल्न आउने, पर्वते भाषा बोल्न नसक्ने’ राजु सुनाउँछन्, ‘मेरो फुपूका छोराहरू दौंतरी थिए, उनीहरूसँग खेल्दा–बस्दा बोल्न सिकियो ।’

बौद्ध आसपास खुला ठाउँ थियो, टाढा टाढासम्म खेतका फाँटहरू देखिने । त्यहीं टोलभरका केटाकेटी भेला हुने, उन्मुक्त भएर खेल्ने । लेकको घरमा जस्तो यहाँ दुःख थिएन । स्वाद फेरेर खान र सुकिलो लगाउन पुग्ने । तर, सम्पूर्ण रूपमा पुगिसरी पनि थिएन । प्राथमिक तहको विद्यालय थियो, बौद्ध बोर्डिङ । राजुलाई त्यहीं भर्ना गरियो । बौद्ध आसपासका धेरै विद्यार्थी त्यहीं पढ्थे । राजु विस्तारै घुलमिल हुन, पढ्न थाले ।
‘जाडो महीनामा मात्र छुट्टी हुन्थ्यो’ राजु सम्झन्छन्, ‘त्यसबेला घर जान पाइन्थ्यो । ढुक्कले एक/दुई महीना घर बसिन्थ्यो ।’ घर छाडेर काठमाडौं फर्कन भने एकदमै नरमाइलो हुन्थ्यो । काठमाडौं आएपछि उनलाई घरको, आमाको औधी याद आउँथ्यो । घर फर्कौं–फर्कौं लाग्थ्यो । शहरको रमझममा पनि मन न्यास्रो हुने ।

तर, रहँदा बस्दा उनी त्यही परिवेशमा रमाउन थाल्छन् । साथीहरू थपिंदै जान्छन् । विद्यालयमै रमझम हुन्छ । कोही नाच्छन्, कोही गाउँछन्, कोही ख्यालठट्टा गर्छन् । राजु गाउने–बजाउने कित्तामा लाग्छन् । ‘गायक हुन्छु वा संगीतमा लाग्छु भन्ने कुनै योजना र उद्देश्य थिएन’ राजु सुनाउँछन्, ‘रहरै रहरमा यता लागियो ।’ बाल्यकालमा कसैले सोधेनन्, ‘के बन्छौ ?’ उनले कहिल्यै सोचेनन्, ‘म के बन्छु ?’ तर, जीवनले आफैं सुर–ताल पक्रियो । लय र धुन समात्यो । अनि पो उनी गायक भए ।

सुरुवाती समयमा देउसी खेलेर पैसा जोहो गर्छन्, लगभग १८ हजार रुपैयाँ । र गीत रेकर्ड गराउन तम्सन्छन् । त्यो जमानामा क्यासेट निकाल्न ए साईडमा ३/४ बि साईडमा ३/४ गीत हुनुपर्थ्यो । अलिअली पैसा भएपछी क्यासेट निकाल्न तम्सन्छन तर एउटा गीतले पुग्दैन ६ अर्थात् आठ वटा चाहिने भयो । कोही गीत लेख्छन्, कोही धुन खोज्छन् । छाउनीस्थित स्टुडियोमा गीत रेकर्ड हुन्छ । र अन्तमा ‘सोल्टिनी’ एल्बम निकाल्छन । तर, ‘सोल्टिनी’ले खास तरंग पैदा गर्न सक्दैन तर ‘एल्बम निकाल्ने’ रहर भने पूरा बनाउछ ।

त्यो जमानामा शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक प्रतिको मूल्य ४० देखि ८० रुपैयाँसम्म । ‘हिट’ गीतको क्यासेटलाई ८० पर्‍थ्यो । ठीकठीकैको क्यासेट ४० मै पाइन्थ्यो ।बिस्तारै बिस्तारै मंगोलियन हार्टले सबैको माया पाउदै जान्छ । बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय हुन्छन् । अनि गीतसङै राजु लामा पनि लोकप्रिय बने । तर क्यासेटको जमाना सिडि पेनड्राईभ हुँदै फेरिए संगै राजु लामाले पनि बदलिन्छन र अमेरिका पलायन हुन्छन् । के समय त उनी गुमनाम नै रहे ।

बाटुलो मुहार, सिल्की कपाल, गोरो वर्ण । हँसिलो स्वभाव । हाँस्दा सेता दाँतका लहर खुल्छन् र गालामा खोबिल्टा पर्छ । मृदुल, मिजासिला अनि मग्न– अर्थात् राजु लामा । उनलाई धेरैले डिम्पल ब्वाई पनि भन्छन् । उनको हाँसो गडगिफ्टेड नै हो । कतिपय त यस्तो स्माइलिङलाई कसरी जोगाएको पनि भन्छन् । जे छ, त्यसैलाई थप माया गर्ने हो । उनी आफू र अरूलाई निराश बनाउदैनन । सकेसम्म हसाउछन । हिँड्दा गीत गुनगुनाउँछन । निराशापन र नेगेटिभिटीबाट टाढा छु ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *