एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

१) ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

२) यी दुखाइहरुले संदेश बोकेर आएका छन, यिनीहरुलाई सुन्ने प्रयास गर ।

३) जिन्दगी कहिले खुशी हुन्छ कहिले दुखी तरपनि हिम्मत हार्न मन लाग्दैन जिन्दगीको अति नै माया लाग्छ ।

४) बेला बेलाको कुराहो आज तिम्रो समय छ उड़ भोलि मेरो समय आयो भने उडाई दिने छु ।

५) हरेक दिन रात बिती जान्छ र म एक्लो हुन्छु, कुनै दिन म बिती जानेछु अनि रात एक्लो हुनेछ ।

६) एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।

७) मुल्य पानीको होइन तिर्खाको हुने गर्दछ, मुल्य मृत्युको होइन जीवनको हुने गर्दछ, प्रेम त सबैले गर्छन् दुनियामा तर मुल्य प्रेमको होइन बिश्वासको हुने गर्दछ ।

८) ज्ञान नै शक्ति हो । जीवनमा ज्ञानको ठुलो महत्त्व हुने गर्छ । ९) या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।

१०) धेरै एक्लै बनाइदिए मलाई आफ्नो मान्छेले, बुझेको छैन नराम्रो म हुकि किस्मत हो ?

११) हामीलाई लामखुट्टेले होइन, हाम्रै अल्छिपनाले टोक्छ । १२) पाइला दुख्यो भनेर थकाइ नमार गन्तव्यमा पुग्न हजारौं चोटि पाइलाहरु दुख्ने गर्छन ।

१३) तिमी समुद्रको एउटा थोपा होइनौ, तिमी थोपा भित्रको समुद्र हौ । १४) जिन्दगीमा त्यस्ता धेरै घाउ छन जसले जिन्दगीलाई बारबार दुखाउछन ।

१५) प्राय मान्छेहरु भन्ने गर्छन् कि पहिलो माया भुल्न सकिदैन भनेर, फेरी किन आफ्नो आमा बुबाको मायालाई भुल्ने गर्छन् ।

काममा असफलताको सम्भावनालाई कम गर्ने उपाय
कुनै पनि काम आफूले सोचेको अनुसार नहुनुले मन खिन्न हुन्छ, मान्छे टुट्छ र डिप्रेसनमा समेत जान सक्छ । तर काम गर्दा केही कुराहरुमा ध्यान पुर्याउनुले आफ्नो काम असफल हुनुबाट केही हदसम्म जोगिन सकिन्छ :

काम गर्दा गर्दै कहिल्यै पनि त्यसलाई बिचमा छोड्नु हुँदैन । काम गर्दा सधै अनुशासनमा रहेर काम गर्नुपर्छ । आत्मविश्वासलाई जोगाईरख्नुपर्छ।

काम गर्दै गर्दा उत्साहमा विस्तारै कमि आउंदै जान्छ, त्यो उत्साहलाई जोगाइराख्न आफ्नो काममा नयाँ-नयाँ प्रयोग अपनाउनुपर्छ ।

एउटा तरिका अपनाउँदा काम सफल भएन भने आफ्नो उद्देश्यलाई होईन की काम गर्ने त्यो तरिकालाई छोडेर नयाँ तरिका अपनाउनुपर्छ ।

आफ्नो विगतलाई बिर्सेर अगाडी बढ्नुपर्छ । तर विगतले सिकाएका पाठहरुलाई सधै सम्झिनुपर्छ । नयाँ-नयाँ कुरा सिक्ने बानीको विकास गर्नुपर्छ ।

सधै काममा लाग्नुको साटो आफ्नो लागि केहि समय छुट्टाउनु राम्रो हुन्छ । यसले आफूलाई फ्रेस बनाउछ र सिर्जनात्मक क्षमतामा वृद्धि गर्छ।

आलोचनालाई सुन्नुपर्छ तर त्यसले निराश हुने वा त्यसलाई वास्ता नगर्ने भन्दापनि त्यसलाई विश्लेषण गरेर आफू त्यहि अनुसार अगाडी बढ्नुपर्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *