मृत्यु भैसकेका मानिस सपनामा आयर हैरान पार्नुका ९ संकेत ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घ ट ना का बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस म रे को सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।

स्वप्नशास्त्र अनुसार मृ त्यु भइसकेका मानिस सपनामा आउनुका केही संकेतहरु: १.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृ त्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृ त व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएका कारण अब घरका सदस्यले उसको मृ त्युका का र ण दुखि नहुनु भन्ने संकेत गर्छ ।

२.यदि सपनामा मृ त्यु भएको व्यक्ति आ क्रो सित अर्थात रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । मृ त्यु हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ । त्यसैले सपनामा मृ त व्यक्ति रिसाएको देखिएमा हामीले सम्झिएर भए पनि उसका बाँकी इच्छा पूरा गर्दिनु पर्छ भन्ने बुझ्नुपर्छ ।

३.यदि मृ त्यु भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दुखी र रोहिरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ । ४.सपनामा केही टाढाको सम्बन्ध भएको मृ त व्यक्ति देखिएमा उसले तपाइँबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

५.यदि मृत व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने उ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा मृत व्यक्तिको परिवारले उसको आत्माको शान्तिको लागि कुनै उपाय अपनाउनुपर्छ । मृ त व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

६.यदि सपनामा मृत व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दै छ भन्ने बुझिन्छ । ७.मृ त व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

८.यदि सपनामा मृ त व्यक्ति कपडा नलाएको अवस्थामा, जुत्ता चप्पल नलगाएको अवस्थामा अर्थात भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु मृ त व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ । ९.यदि मृ त व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ ।

पेटको जलन र एसिडिटी रोक्न गर्मीमा के गर्ने ? गर्मीका दिनहरूमा के खानुहुन्छ के खानु हुँदैन ? डिहाइड्रेसन, ग्यास्ट्रिकको समस्या, पेट दुखाइ, पेटमा हुने जलन वा एसिडिटी गर्मीको अवधिमा बढ्ने गर्छ । तापक्रम बढ्दै जाँदा हाम्रो शरीरले फरक प्रतिक्रिया गर्छ । त्यसैले हामीले गर्मीको दिनमा खानाका केही चीजहरू त्याग्नैपर्छ । यदि अरू समयमा जस्तै केही खानालाई गर्मीको समयमा पनि जारी राख्नुभयो भने तपाईंको स्वास्थ्य बिग्रन सक्छ ।

तपाईंलाई चिसो पेय पदार्थ, चिसो चीजहरू, दूग्ध उत्पादहरू, तेल मिश्रित खाना, रातो मासु, दूध चिया वा कफी आदिमा कमी ल्याउनुपर्छ । यसको साटो तपाईंले त्यस्ता चीजहरू खानुपर्छ जसले पेटलाई चिसो बनाउँछ। जस्तै, ताजा फलफूल, काँक्रो, नरम पानी आदि गर्मीमा धेरै खानुपर्छ । गर्मीका दिनहरूमा तपाईंले तरल आहारलाई बढाउनुपर्छ। गर्मीमा खान कम गर्नुपर्ने खानाहरू ।रातो मासु

रातो मासुमा प्रोटिन र फलामको मात्रा अधिक हुन्छ । ग्रीष्मयाममा दिन यसलाई पचाउन गाह्रो हुन्छ। रातो मासु खाँदा शरीरको तापक्रम पनि बढ्छ, जुन गर्मीमा राम्रो हुँदैन । गर्मीमा रातो मासु खाँदा शरीरको धेरै ऊर्जा त्यसैलाई पचाउन जाने भएकोले यसबाट सकेसम्म टाढै बस्नुपर्छ ।

कोल्ड ड्रिंक,सबैलाई गर्मीमा चिसो चिसो पेय पदार्थ मनपर्छ । गर्मी भगाउनको लागि धेरैले चिसो पेय पदार्थ पिउने गर्छन् । चिसो पेयबाट क्यालोरीको मात्रा बढ्दै जान्छ, साथसाथै यसले शरीरलाई डिहाइड्रेट गर्न पनि सहयोग गर्छ । त्यति भन्दैमा यसलाई धेरै पिउँदा यसले असर गर्न सक्छ । त्यसैले बरू चिसो पेय पदार्थको ठाउँमा जुस र नरिवलको पानी जस्ता प्राकृतिक पेय पदार्थतिर धेरै ध्यान दिनु उपयुक्त हुन्छ ।

चिल्लोयुक्त जंक फुड,यदि तपाईंलाई चिल्लोयुक्त जंक फूड खान मनपर्छ भने पनि यो मौसम त्यसको लागि उपयुक्त हुँदैन । गर्मीमा तेलका कारण पेट पोल्ने समस्या हुन सक्छ । गर्मीका दिनहरूमा त्यस्तो खाना खाँदा एसिडिटी एवं छालामा समस्या समेत हुने गर्छ ।

धेरै मसालायुक्त तरकारी,नेपाली परिकारमा धेरै मसलायुक्त खानेकुरा पाइन्छ । तर गर्मी मौसमका लागि यो उपयुक्त खाना भने होइन । यो मौसममा तरकारीमा धेरै मसला, तेल, घिउ राख्नुभन्दा हल्का खुर्सानी, थोरै मसला र थोरै भुटेको तरकारी खानु उपयुक्त हुन्छ ।

दूध चिया एव‌ं कफी,दूधचिया मीठो लाग्ने पनि धेरै जना हुन सक्छन् । तर गर्मीमा पेटको स्वास्थ्यको लागि दूधको चियालाई कम गर्नु उपयुक्त हुन्छ । दूध चिया गर्मीमा पिउँदा शरीरमा पानीको कमी हुन्छ । यसबाहेक चिया गर्मीका दिनहरूमा पेटको दुखाइ र एसिडिटीको पनि कारण हुन सक्छ । दूध चिया वा कफीको सट्टा, तपाईं हरियो चिया, कालो चिया, पुदिना चिया आदि पिउन सक्नुहुन्छ।

यसबाहेक विभिन्न दुग्ध उत्पादनहरू पनि यो मौसममा कम गर्नु उपयुक्त हुन्छ । यस्ता दुग्ध उत्पादनलाई उचित हिसाबले उपभोग नगर्दा तपाईंको पेटमा कठिनाइ बढ्न सक्छ । तपाईं गर्मीमा दही खान सक्नुहुन्छ, तर दूध, चीज, क्रिम वा बटरमा फ्याटको उच्च मात्रा हुन्छ । यो बोसो पचाउन गाह्रो छ, जसले गर्दा गर्मीमा ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ।

गर्मीका दिनहरूमा यी खाद्य पदार्थहरूलाई बेवास्ता गर्दा पेटको समस्या निम्तिन सक्छ । यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ भने डाक्टरसँग सल्लाह लिएर आहारसम्बन्धी निर्णय लिन सकिन्छ ।

यसकारण देउवा नेतृत्वको सरकारको पक्षमा ‘युटर्न’ भयो कांग्रेस प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा केही दिनयता अनौठो दृश्य देखिएको छ । आसन्न १४ औं महाधिवेशनमा जसले शेरबहादुर देउवालाई सभापतिमा रोक्न चाहेको छ, त्यही पक्षले सरकारको नेतृत्व गर्नुस् भनेर हारगुहार गरिरहेको छ ।

जबकी २८ फागुन अगाडिसम्म वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्म सबैले प्रतिपक्षमा बस्ने ‘म्याण्डेट’ पाएको कांग्रेस सरकारमा जान नहुने बताइरहेका थिए । संस्थापन इतरका नेताहरु अचानक कसरी युटर्न भए ? किन सभापति देउवाको नेतृत्वमा सरकार बनाउनुपर्छ भनिरहेका छन् उनीहरु ?ती नेताहरुका अनुसार, २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँ ता उने फैसला गरेसँगै नयाँ सरकार गठनको ढोका खुले पनि संस्थापन इतर पक्षका नेताहरु यसबारेमा मौन नै थिए ।

२५ फागुनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं बूढानीलकण्ठ पुगेर देउवाको नेतृत्वमा कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रस्ताव नै राखे । जसपाको एउटा खेमा पनि यसमा तयार देखियो । तर स्वयं कांग्रेसका नेताहरु एकमत थिएनन् ।

पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकी ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’
सभापति देउवाले पनि बैठक राखेर आधिकारिक धारणा बनाउन पहल नगरेपछि नेताहरुले आफ्नो अनुकुल धारणा राख्न थाले । कतिपय नेता कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा देखिएपनि संस्थापन इतरका बहुसंख्यक नेताहरुले सरकार नै नबन्ने अवस्था आए गाँठो फुकाउनुपर्ने, तर सरकारमा जान नहुने धारणा राखे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी भूमिकाबाट कांग्रेस डगमगाउन नहुने बताउँदै आएका थिए । तर २८ फागुनमा संस्थापन इतरका नेताहरु देउवाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्षमा पुगे । त्यो दिन जसपाका नेताहरु आफूलाई भेट्न ४ बजे आउने भएपछि देउवाले ३ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बोलाएका थिए । त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएका थिए ।

त्यहाँ पनि नेताहरुले सरकारलाई फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने, पार्टीकै नेतृत्वमा सरकार बनाउँदा पनि देउवाबाहेकका अरुले नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । किनकी कांग्रेसको १४ औं महाधिवेशन भदौ ७–१० मा हुँदैछ र प्रधानमन्त्रीको पदमा बसेका बेला देउवालाई सभापतिमा हराउन निकै गाह्रो हुन्छ भन्ने पौडेल पक्षको बुझाइ छ ।

पौडेल समूहका नेताहरुका अनुसार यो तर्क कमजोर छैन । किनकी आफ्नो पक्षमा लाग्ने नेताहरुको व्यवस्थापनका लागि उनीसँग मन्त्री तथा विभिन्न पद दिन सक्छन् । महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्न राज्य सत्ताकै ‘दुरुपयोग’ पनि हुनसक्छ । त्यसो भए फेरि किन एक स्वरमा देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने निचोडमा पुग्यो त्यो बैठक ? एक नेताका अनुसार त्यो दिन महामन्त्री शशांकको कोठामा प्रमुख नेताहरुबीच छुट्टै छलफल भएको थियो । त्यहाँ देउवाको नेतृत्वमा सरकार नबनाए हुने सम्भावित तीन परिदृश्यको चर्चा भएको थियो ।

एक : केपी ओलीले राज्यसत्तामा जस्तो संरचना बनाएका छन्, त्यसको चुनावी फाइदा उनलाई हुन्छ । दोस्रो : केपी शर्मा ओली पनि हार्न सक्छन् भन्ने सन्देश दिनुपर्छ । नभए उनको बिजेताको छवि चुनावमा भारी पर्नसक्छ ।र, तेस्रो : प्रधानमन्त्री ओली र सभापति देउवाबीच ‘सेटिङ’ कायमै रहे कांग्रेसलाई थप क्षति हुनसक्छ ।

यही जोखिम टार्न देउवाकै नेतृत्वमा भएपनि सरकार बनाउन आफूहरुले सहयोग गर्नुपर्ने नेताहरुको तर्कमा रामचन्द्र पौडेल लगायत सबै सहमत भएको एक नेताले बताए । त्यसपछि पौडेलले त्यहीँबाट सभापति देउवालाई फोन गरेर ‘सरकारको नेतृत्वका लागि अग्रसरता लिनुस् र जसपा नेताहरुलाई प्रधानमन्त्रीले जेजे माग सम्बोधन गर्छु भनेका छन्, हामी पनि पूरा गर्छौं भन्नुस्’ भनेका थिए ।

पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकी ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य जीवन परियार पनि सरकार अल्पमतमा परेपछि प्रमुख प्रतिपक्षीले अग्रसरता लिनुपर्ने बताउँछन् । ‘साबिकको नेकपा, एमाले र माओवादी अलग भएपछि यो सरकार अल्पमतमा परिसक्यो’ उनले भने, ‘दोस्रो ठूलो दल कांग्रेसले पहिलो दल एमालेबाहेक अरुलाई मिलाएर सरकार बनाउन नेतृत्व लिनुपर्छ र मुलुकलाई सरकारविहीन हुने अवस्थामा पुग्न दिनु हुँदैन ।’

कति सहज छ देउवा नेतृत्वको सरकार? पार्टीभित्र एकस्वर भएपनि कांग्रेस सभापति देउवा आफैंले चाहिँ अझै सरकार गठनको अग्ररसता लिएका छैनन् । उनको तर्क छ, ‘परिपक्व अवस्था अझै बनिसकेको छैन ।’

प्रवक्ता विश्वप्रकाश शर्मा पनि त्यही भन्छन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको छ, तर त्यसका लागि चाहिने वातावरण विकसित भइनसकेकाले धेरै अग्रसरता नलिएको हो’ उनले भने, ‘नेतृत्व लिनेतर्फ अलिकति रुची नै नराखेको र उदासिनता देखाएको चाहिँ होइन ।’ आफूहरु निरन्तर छलफलमा रहेका र उपयुक्त वातावरण बनेपछि सरकार गठनको नेतृत्व गर्ने उनले बताए ।

देउवा निकट नेताहरुको आशंका ३२ सांसद भएको जनता समाजवादी पार्टीतर्फ छ, जहाँ सरकारमा कसलाई समर्थन गर्ने भन्ने विवाद छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतो जसले मागमुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन गर्ने भनेर तुलनात्मक रुपमा ओलीप्रति पनि नरम देखिएका छन् ।

ठाकुर प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा छन् । उनले पार्टीलाई समेत जानकारी नदिई प्रधानमन्त्रीको टोलीसँग वार्ता गर्न नेताहरु खटाएका थिए । यदि जसपा एकमतले कांग्रेस–माओवादीसँग गठबन्धन गर्ने निर्णयमा नपुगे सरकार गठनमा कुनै पनि बेला अप्ठ्यारो पर्नसक्ने देउवा निकट नेताहरुको दाबी छ ।तर, कांग्रेस–माओवादीसँग गठबन्धन गर्नुपर्ने मत राख्ने जसपा नेताहरु भने कांग्रेस सभापति देउवाले सरकार गठनको अग्रसरता नलिँदा यो अवस्था आएको बताउँछन् । कांग्रेस सभापति देउवाले जसपाको संकेत कुर्ने र जसपा दोधारमै रहिरहने यो अवस्था कति दिन रहन्छ अनुमान गर्न कठिन भएको नेताहरु बताउँछन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *