इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका सञ्चालक जलानको कोरोनाका कारण निधन

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको निधन भएको छ । उक्त कम्पनीका निर्देशक समेत रहेका जलानकाे काेराेना संक्रमणका कारण निधन भएकाे हाे ।

४७ वर्षीय जलानमा काेराेना संक्रमण भएपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनकाे उपचार भइरहेकाे थियाे । तर उपचारकै क्रममा बिहीबार बिहान उनकाे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनकाे भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।

गत १८ वैशाखदेखि अस्पताल भर्ना भएका जलानको स्वास्थ्य अवस्था पछिल्ला केही दिनयता सुधारोन्मुख रहेको बताइएकाे थियाे । र, बुधबार बेलुकी उनलाइ भेन्टेलेटरबाट बाहिर निकालिएकाे थियाे । तर फेरि असहज महसुस भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो, बिहीबार बिहान भने निधन भइसकेकाे जनाइएकाे छ ।

वर्ल्ड लिंकका सह-संस्थापक समेत रहेका जलान कम्पनीकाे स्थापना कालदेखि नै महत्वपूर्ण व्यवस्थापकीय भूमिकामा थिए । वर्ल्डलिङ्क कम्युनिकेसन देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी मानिन्छ । उनी इन्टरनेट सेवाप्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्य समेत थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *