ढिस्कोमा पुरिएर १३ वर्षीय बालकको मृत्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर एक बालकको मृ,त्यु भएको छ ।

प्रहरी अनुसार मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको घटनास्थलमै ज्या,न गएको हो ।

सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका उनका बुबा आमा सँगै उनी पनि गएका थिए । सोही ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै नि,ध,न भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ भने उक्त घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *