तीनतले अन्डरग्राउण्ड पार्किङ्ग सहितको नयाँ धरहरा:

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जुन समय भिमसेन थापाबाट धरहरा निर्माण भएको थियो, मानिस चढ्ने टावरको अवधारणामा यसको निर्माण भएको थिएन । सरकारी सूचना दिन बिगुल बजाउनको लागि मात्र धरहरा माथि चढ्ने र काम सकेर तुरुन्तै तल आउने गरिन्थ्यो । हाल बनेको संरचना भने भूकम्प प्रतिरोधी क्षमतायुक्त मानिस चढ्नकै लागि भनेर निर्माण गरिएको छ।

विभिन्न भूकम्पमा परेर हरेक पटक क्षति पुगेको धरहरा सुरुमा ११ तले रहेको थियो । भत्किए पछि सोही जगमै फेरी धरहरा निर्माण हुने अनि अर्को भूकम्पमा फेरी भत्किने क्रम निरन्तर चलिरहेकोमा सुरुवातको पुरानै स्वरुपमा तर जग देखि नै आधुनिक हिसाबमा निर्माण गरिएको यस धरहराको कुल उचाई ८० मिटर रहेको छ। निर्माण सामग्री आधुनिक भएपनि भत्किएको धरहराको पुरानै गजुरलाई मर्मत् गरी सुनको जलप राखेर यसमा स्थापना गरिएको छ भने पुरानै शिवलिंग पनि साविक बमोजिम नै स्थापना गरिएको छ।

बाहिरबाट हेर्दा ११ तला र भित्र २२ तला रहेको धरहरामा हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न सकिन्छ । पुरानो संरचनामा भएको बाहेक अपांगमैत्री प्रयोजनका लागि नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ भने सिंढि पनि यथावत नै रहनेछ । यसका साथै डबल बेसमेन्टको यस धरहरा टावरमा करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ्ग, भूकम्पको संग्रहालय र क्याफेटेरिया पनि रहनेछ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *