आ’गो नि’भा’उने क्रममा ११ जनाको मृ’ त्यु

समाचार
सेयर गर्नुहोस्

गुल्मीमा दुई हजार हेक्टर बढी क्षेत्रफलको जगंल ड’ढे’लो कारण न’ ष्ट भएको छ । जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको ड’ढे’लोका कारण करिब दुई हजार हे’क्टर क्षेत्रफल न’ष्ट भएको हो। मदाने क्षेत्रको जंगल , मुसिकोट ,रेसुङगा , धुर्कोट , इश्मा ,कालीगण्डकी क्षेत्रका जंगलहरुमा ड’ढे’लो लागेको हो । प्राय ड’ढे’लो ब्यक्तिको खरवारीमा लगाएका आ’गो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ ।

ड’ढे’लोलाई नि’यन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु , जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ । बन ड’ढे’लो र आ’ग’लागी हुन नदिनका लागि डिभिजन बन कार्यालय गुल्मीले प्रचार प्रसार र शन्देशमुलक जानकारीहरु गराउँदै आएको कार्यालयले जनाएको छ ।स्थानीय रेडियो ,पत्रपत्रिका ,टेलिभिजनहरुमार्फत बन डढेलो र यसका असर बारेमा सन्देशमुलक सूचनाहरु प्रकासन र प्रशारण गर्दै आएको कार्यालयले जनाएको छ ।

२०६६ साल बैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको वडा नं ३ का ५ जनाको घ’ट’ना स्थ’लमा नै ज्या’न गयो , यसरी ज्या’न जानेहरुमा रामलाल घिमिरे , अमर बहादुर कुंवर , देबकली खत्री , सीता कुंवर , धनकली खत्री रहेका छन् ।

यस्तै साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा २०६६ साल बैशाख ५ गते आ’गो निभाउने क्रममा घा’ईते भई उपचारको क्रममा बैशाख १० गते बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो । २०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आ’गो नि’भाउने क्रममा मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको कृतिपुर अस्पतालमा उपचारको क्र’ममा २०७३ साल बैशाख ११ गते ज्यान गयो ।

यस्तै २०७३ साल बैशाख १७ गते दोहोली गाबिस जलुकी खोला बनमा लागेको आ’गो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरु¬ङको घ’टना स्थलमै ज्या’न गयो भने सोही आगो निभाउने क्रममा ग’म्भि’र घा’ईते भएका वडा नं ६ कालोक बहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा ज्या’न गयो ।

यस्तै २०७३ साल बैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आ’गो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्या’न गएको छ । यस्तै यहि चैत २० गते घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाकी ९ बर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक बनमा लागेको ड’ढे’लोका कारण ज्या’न गएको छ ।


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.