युरेनीअमः नेपालमा पनि पाइन्छ बहुमूल्य ‘रणनीतिक खनिज’, तर के उत्खनन सम्भव छ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

युरेनीअम भनिएको पदार्थ सार्वजनिक गर्दै नेपाल प्रहरी
गत महिना नेपालमा युरेनीअमयुक्त खनिजको ओसारपसार र कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उक्त रेडिओधर्मी धातुबारे धेरै जनामा जिज्ञासा उत्पन्न भएको छ।युरेनीअम नेपालमा पनि पाइने तथ्य, उत्खननको सम्भावना, अहिले बरामद भएको पदार्थ तथा अनुसन्धानबारे बीबीसीले विज्ञ र प्रहरीसँग कुराकानी गरेको छ।

के भन्छ नेपाल प्रहरी?
फागुन २८ गते काठमाण्डूको बौद्धबाट प्रहरीले झन्डै तीन किलोग्राम शङ्कास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ.यसै वर्ष लागु भएको रेडिओधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी ऐनअन्तर्गत उनीहरूलाई मुद्दा चलाइने जानकारी काठमाण्डू प्रहरी प्रमुख अशोक सिंहले दिए।

किन चाहियो नेपालमा पारमाणविक पदार्थसम्बन्धी कानुन
के जासुसी उपकरणले भारतको हिमाली क्षेत्रमा बाढी निम्त्याएको हो..सिंहका अनुसार बरामद भएको सामग्री रेडिओधर्मी पदार्थ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट प्रमाणित भएकाले त्यसैअनुसार प्रहरीले अनुसन्धान अघि बढाइएको हो। उक्त कानुनअन्तर्गत पहिलो पटक मुद्दा अभियोग लगाउन लागिएको हो।

“ऐनको दफा ४८ अन्तर्गतको कसुरमा सरकारी वकिलको कार्यालयबाट मुद्दा चलाउने तयारी अघि बढेको छ,” सिंहले भने ।संसद्ले गत जेठमा पारित गरेको रेडिओधर्मी पदार्थको नियमन गर्ने कानुनमा बिनाअनुमति विकिरणयुक्त पदार्थको भण्डारण र ढुवानी गर्ने कसुरमा संलग्न व्यक्तिलाई पाँचदेखि १० वर्षसम्म कैद र सात देखि १२ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा भएका उनीहरूविरुद्ध अनुसन्धानपछि काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर हुनेछ।उक्त पदार्थ नेपाल ल्याउन संलग्न भएको भनिएका प्रमुख व्यक्तिसँग बयानको प्रयास गरिएको तर उनी विदेशमा अस्वस्थ अवस्थामा रहेको बुझिएको प्रहरीको भनाइ छ।

“ल्याउने भनिएका मान्छेसँग पनि कुरा गर्ने प्रयास गरिरहेका छौँ, तर ती व्यक्ति अमेरिकामा रहेको र स्वास्थ्य अवस्थाका कारण बयान दिन सक्ने अवस्थामा नरहेको भनिएको छ,” सिंहले भने ।पक्राउ परेकी महिलाले उक्त खनिज भारतको एउटा कोइलाखानीमा काम गर्ने आफ्ना ससुराले उतैबाट ल्याएको प्रहरीलाई बताएको अधिकारीहरूले जनाएका छन्।

प्रहरीका अनुसार उनले झन्डै २० वर्षअघि उक्त सामान ल्याइएको र घरको एउटा कुनामा राखिएको तर अहिले बेच्ने उद्देश्यले आफूले ग्राहक खोजेको बयान दिएकी छन्। त्यसका लागि उनले अन्य तीन व्यक्तिको सहयोग लिएको बताएकी.छन्नपालमा कहाँ पाइन्छ युरेनीअम?प्रहरीले बरामद गरेको अप्रशोधित युरेनीअम भारतबाट ल्याइएको बताइएको छ।तर नेपालका केही स्थानमा पनि युरेनीअम खनिज पाइने तथ्य वैज्ञानिक अध्ययनहरूमा देखिएको छ।खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनीअम पाइने सङ्केतहरू देखा परेका छन्।उनका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ।संसद्‌मा दर्ता भएको पारमाणविक विधेयकमा सांसदहरूको विमति..परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण
नेपालले युरेनीअमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको उनको भनाइ छ ।के नेपालमा उत्खनन सम्भव छ?महानिर्देशक घिमिरेका अनुसार नेपाल संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को पनि सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसङ्घले तोकेका मापदण्डहरू पूरा गर्नुपर्छ।

“यसमा सुरक्षाबारे एकदमै ठूलो प्रश्न छ। खानी र प्रशोधन केन्द्रहरूबाट आउने विकिरणका कारण स्वास्थ्य र सुरक्षाको ठूलो जोखिम समेत हुन सक्छ। त्यसका लागि छुट्टै कानुन समेत बन्नुपर्ने हुन्छ,” उनले भने..हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण पनि छैनन् । त्यसका लागि पनि आईएईएसँग सहकार्य गरिरहेका छौँ,विभागले युरेनीअम खानीबारे विस्तृत अध्ययनका लागि खानी तथा खनिज ऐन संशोधन मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ ।”त्यो कानुन बनेर आएपछि मात्रै हामी यसमा अघि बढ्न सक्छौँ। हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण पनि छैनन् । त्यसका लागि पनि आईएईएसँग सहकार्य गरिरहेका छौँ,” घिमिरेले भने ।

युरेनीअमबाट लाभ लिन नेपालले के गर्न सक्छ?
नेपालका विभिन्न क्षेत्रमा पाइने युरेनीअम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने धेरैको जिज्ञासा छ। आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनीअमलाई “रणनीतिक खनिज” मानिन्छ।त्यसैले सरकारको नीति पनि त्यसैअनुरूप आउन आवश्यक भएको घिमिरे ठान्छन् ।तर युरेनीअम बेचेर नेपाल धनी बन्न सम्भावना चर्चा गरिए जस्तो सहज नभएको विज्ञहरू बताउँछन्।मुस्ताङको लोमान्थाङमा युरेनीअम भेटिएको स्थानलाई सेनाले सुरक्षा दिएको छ

“युरेनीअम प्रशोधन गरेर बेच्ने हो भने त्यसका लागि धेरै ठूला पूर्वाधार लगानी र प्रविधिको आवश्यकता पर्छ। त्यसमै केन्द्रित भएर लाग्यौँ भने त्यो सम्भव होला पनि। तर त्यसअघि हामीसँग भएको युरेनीअम कति मात्रामा छ र कस्तो गुणस्तरको भन्ने कुराको विवरण यकिन हुनुपर्छ,” खानी विभागका प्रमुख घिमिरेले भने।युरेनीअम उत्खनन गरेर मात्र नहुने तथा गुणस्तर र प्रशोधन चुनौतीपूर्ण हुने धारणा भौतिकशास्त्री प्राध्यापक देवीदत्त पौडेलको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *