वियोन्ससँग नयाँ गीत गाउने तयारीमा मदनकृष्ण

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा समावेश चर्चित गीत ‘फुलबुट्टे सारी’ लोकप्रिय भयो । यो गीत विभिन्न भर्सनमा रिलिज भयो । मदनकृष्णले भने लिजेन्डरी भर्सन अन्र्तगत यो गीतमा स्वर दिएका थिए ।

यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले पनि गाइन् । उनले, स्वरले पनि लोकप्रियता हासिल गर्यो । गीत गाइसकेपछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।मदनकृष्णसँगको भेटमा वियोन्सले आफ्नो ठूलो सपना पुरा भएको बताएकी थिइन् । आफ्नो र वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ लोकप्रिय भएपछि कलाकार तथा गायक मदनकृष्णले नयाँ गीत गाउने तयारी गरेका छन् ।मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’सामाजिक संजालमार्फत जानकारी दिदै मदनकृष्णले लेखेका छन्–‘हामीले गाएको ‘फुलबुट्टे सारीलाई वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तरराष्ट्रियकरणको रुप लिएको महशुश गरिएको छ । अब, बियोन्स र म मिलेर एउटा यूगल गीत गाउने तरखरमा छौं । वियोन्सको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खैं ।’मदनकृष्णले गीत कस्तो प्रकृतीको हुनेछ भनेर खुलाएका छैनन् । तर, आम दर्शक तथा श्रोताले उनी र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *